ताजा समाचार

आज ३९६ स्थानीय तहमा एकैपटक आधारभूत अस्पतालको शिलान्यास हुँदै

काठमाडौं । सरकारले आज ३९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजनस्वरुप सरकारल् आजबाट काम सुरु गर्न लागेको छ।

स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि शिलान्यास गर्न लागिएको हो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *