रिबन

गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव : नेकपाभित्र अबको खेल बहुमत अल्पमततर्फ उन्मुख

काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अबको खेल बहुमत अल्पमततिर उन्मुख भएको छ । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेपछि उत्कर्षमा पुगेको सत्तारुढ दल नेकपाभित्रको विवाद प्रधानमन्त्री ओलीले जवाफी प्रतिवेदन पेश गरेपछि केही मथ्थर हुने अनुमान गरिएको भएपनि बहुमत अल्मततिर उन्मुख भएको हो ।

वामदेव गौतमलाई सरकारमा उपप्रधानमन्त्री दिएर भएपनि ओलीले आफ्नो पक्षमा बहुमतको कसरत गरिरहेको छ तर गौतमले कुनै पनि जवाफ दिएका छैनन । गौतम अहिले नै सरकारमा जान सक्ने संभावना कति रहेको छ भन्नेबारेमा अहिले केही बताइएको छैन । ओलीले धेरै पटक धोका दिएका कारण गौतम तत्कालै लोभिने संकेत कमजोर रहेको स्रोतको दावी छ । शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिएपछि दुवै प्रतिवेदनलाई १६ गते बस्ने सचिवालय बैठकमा छलफल गरेर टुंग्याउने गरी प्रयास थालिएको भएपनि दुवै पक्ष आमुन्ने सामान्नु हुनेगरी तयारी गरिरहेका कारण दुवै पक्ष बहुमतको जोड घटाउतिर लागेको स्रोतको दावी छ ।‘प्रचण्डले कमरेडले लगाएको आरोपपत्रको जवाफ प्रधानमन्त्रीजीले प्रतिवेदनमार्फत दिइसकेपछि अब यी दुवै प्रतिवेदन सचिवालयमा छलफल गरेर टुंग्याउनुपर्छ,अहिले यी दुवै प्रतिवेदन पार्टीका तल्लो कमिटीसम्म पुर्याउँदा विवाद झन बढ्ने र पार्टी झन संकटमा पर्ने हुन्छ। अब जना पार्टी जोगाउनेतर्फ लाग्नुपर्छ,’प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो । त्यसका लागि ओली समूहले सचिवालयमा बहुमत पुयाउने कसरत थालेको छ भने प्रचण्ड पक्ष अहिले बहुमतमै रहेको छ । नौ सदस्यीय सचिवालयमा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न सके बहुमत पुग्ने ओली समूहको विश्लेषण छ । वर्तमान सरकारकै निरन्तरता हुने अवस्थामा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले आफूलाई साथ दिने र गौतमको पनि साथ लिँदा बाहुमत पुग्ने भन्दै गौतमसँग छलफल गर्ने निकर्षमा ओली समूह पुगेको छ ।

१६ बस्ने सचिवालय बैठकमा दुवै प्रतिवेदनमामाथि सामान्य छलफल गर्ने, मंगलबार छलफल नसकिए बुधबार पनि बैठक राखेर छलफल गराउने र सचिवलाय मै टुंग्याउने तयारी थालिएको हो । सचिवालयमा बुहमत पुग्ने अवस्थामा दुवै प्रतिवेदन सचिवालयमा नै छलफल गरेर टुंग्याउन सकिने र त्यसो गर्दा पार्टी भित्रको विवाद समाधान गर्न सहज हुने विश्लेषणका साथ त्यसको तयारीमा लागेको स्रोतले बतायो । दुवै अध्यक्षले पेश गरेका प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटीमा पुगे त्यहाँ आफू अल्मतमा परिने र विवाद झन झाँगिने प्रधानमन्त्री ओली समूहको बुझाइ छ । तर प्रचण्ड–माधव नेपाल समूहले भने प्रधानमन्त्री ओलीलाई दुई मध्ये एक पद छोड्न लगाउने अहिले उचित समय भएको भन्दै दुवै प्रतिवेदनलाई तल्लो कमिटीसम्म लैजाने तयारीमा छन् । यसअघि प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेनदलाई पुस्तकको रुपमा छपाइ गरी कार्यकर्तासम्म्म वितरण गरेको प्रचण्ड–नेपाल समूहले अहिले दुवै प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म लैजाने तयारी गरेको छ ।

पार्टीभित्र अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् भने सचिवालयको बहुमत सदस्य अध्यक्ष प्रचण्डको पक्षमा रहँदा प्रधानमन्त्री ओली पनि बहुमत पुर्याउने कसरतमा छन् । प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन् । अध्यक्ष दाहाल खेमाका गृहमन्त्री बादल पार्टी एकताको पक्षमा भन्दै ओली कित्तामा पुगेका हुन् । उनलाई फर्काउन अध्यक्ष प्रचण्डले प्रयत्न गरिरहेका छन् । ओलीले गौतमलाई राखेको प्रस्तावले मूर्त रुप लिए भोलीका दिनमा गौतम उपप्रधानमन्त्री हुन सक्ने संभावना समेत रहेको स्रोतको दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *