सम-सामयिक

गोठाटारमा कांंग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम

काठमाडौं । ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित नेपाली कांग्रेस खेलकुद विभागले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । कोरोना भाइरसका महामारीका कारण रगत अभाव भएपछि कांग्रेसले जिल्ला जिल्लामा मंसिर १५ गतेसम्म रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

यसैक्रममा आइतबार काठमाडौंको गोठाटारमा कांग्रेस केन्द्रिय खेलकुद विभाग प्रमुख एवं पूर्वसन्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भयो । रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका थिए ।

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाले देशमा रगत अभाव हुँदै गर्दा भयावह अवस्था आउने आकलन गर्दै त्यस्तो अवस्थामा कांग्रेसले ख्याल गर्नुपर्दछ भनी दिएको सल्लाहबमोजिम विभागले रक्तदान कार्यक्रम सञ्लन गरेको बताए ।

नेता बस्नेतले भने, ‘कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन्, अवसर पाउन लाइन लागेका छन् । कम्युनिस्टहरूलाई भने जस्तो भएन भने काटमार गर्छन्। हामीले दिएको रगत ती कम्युनिस्टका नेता कार्यकर्ताहरुलाई पनि काम लाग्छ। नेपाली काङ्ग्रेस मानवताको भावले ओतप्रोत पार्टी भएकाले जनताप्रति मानवीय जिम्मेवारी कायम गर्दै बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *