शिक्षा / स्वास्थ्य

२४ घण्टामा १४ सय ७४ जना संक्रमित थपिए, २९ को मृत्यु

काठमाडौं । २४ घण्टामा १४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन । ९ हजार ९ सय ११ जनाको पीसीआर परिक्षण गर्दा १४ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ८७२ पुरुष र ६०२ महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३४ प्रतिशत महिला र ६६ प्रतिशत पुरुष संक्रमित भएका छन ।
गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृतकको संख्या १५०८ पुगेको छ । ३७५ जना आसीयुमा र ५८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।

सोमबार २९३१ जना संक्रमित कोरोनामुक्त भएका छन । हालसम्म २ लाख १४ हजार ५२१ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९१.९ प्रतिशत छ । मुलुकभर १७ हजार ४२३ जना सक्रिय सक्रमितमध्ये ११८१४ जना संक्रमित होम आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ५३५ जना छन ।

नेपालमा आरटी–पीसीआर विधिबाट १७ लाख ३७ हजार ७४७ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

झापा, काठमाडौं, भक्तपुर, कास्की र रुपन्देही जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मुस्ताङ र डोल्पामात्र छन ।

उपत्यकामा कति संक्रमित थपिए ?
सोमवार काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ३६१ जना महिला र ४४८ जना पुरुष छन । २४ घण्टामा काठमाडौंमा ६५१, ललितपुरमा १२५ र भक्त पुरमा ६९ जना संक्रमित थपिएका छन ।

कुन प्रदेशमा कति संसंक्रमित थपिए ?
प्रदेश १ मा २३६, प्रदेश २ मा ४४, वागमती प्रदेशमा ९३२, गण्डकी प्रदेशमा ८७, लुम्बिनीमा १२० , कर्णालीमा ४२ र सुदुरपश्चिम प्रदेशमा १३ जना संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *