समाचार

न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त

काठमाडौं । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सदस्यमा नियुक्त गरेकी हुन्।

नेपाल बार एसोसिएसन, कार्यसमितिको गत कात्तिक २२ गते श्रेष्ठको नाम सिफारिस गरेको थियो भने गत मंसिर १२ गते बसेको संसदीय सुनुवाइ समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

न्याय परिषद सदस्यको कार्यकाल चार वर्षको हुन्छ । न्याय परिषद् न्यायाधीशहरु नियुक्त, अनुशासनको कारवाही गर्ने निकाय हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *