रिबन

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित दर्जनौ कांग्रेस कार्याकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । राजनीतिक भेटघाट र विकास निर्माणको अभियान लिएर गृहजिल्ला पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । वरिष्ठ नेता पौडेलसहित जिल्लाका कार्यावहाक सभापति जीतप्रकाश आलेलगायत दर्जनौ कांग्रेस नेता कार्यकर्तालाई प्रहरीले तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो ।

पौडेललाई निशेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएपछि नेकपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए । सम्भावित झडप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय तनहुले बुधबार दिनको १२ बजेदेखि साझ ६ बजेसम्म निशेधाज्ञा जारी गरेको थियो । निशेधाज्ञा तोडेर पुल उद्घाटन गर्न जान खोजेपछि पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन ‘भर्खर प्रहरी परिचालन गरेर मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले भनेका छन ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस । ’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *