समाचार

पौडेललाई पक्राउ गर्नेमाथि कडा कारबाही गर्न स्थानीय तह कर्मचारी युनियनको माग

काठमाडौं । स्थानीय तह कर्मचारी युनियनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पक्राउ गरी हिरासतमा राखेर जिल्लामा निर्माणाधीन पुल उदघाटन गर्न नदिएको घटनाको घोर भत्र्सना गरेको छ ।

तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् बुधबार उद्घाटन गर्न जाँदै गर्दा नेता पौडेललाई गिरफ्तार गरिएको थियो । जुन घटना संघीयताविरोधी भएको भन्दै युनियनले सो घटनामा सामेल प्रहरीहरूलाई कडा कारबाही गर्न माग गरेको हो ।

युनियनका महासचिव रामप्रसाद पौडेलले स्थानीय तहमा भएका विकास कार्य उदघाटन गर्न जाँदा पक्राउ गर्नु निन्दनीय भएको बताउँदै यो घटनाले ओली सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । महासचिव पौडेल नेपाली कांग्रेस स्थानीय तह समन्वय विभाग केन्द्रीय सदस्य पनि हुन् ।

कांग्रेस नेता पौडेललाई पुल उदघाटन गर्न नदिएर गिरफ्तारी भएलगत्तै देशव्यापी विरोध प्रदर्शन सुरु भएको छ । कांग्रेसले कडा आन्दोलनको सामना गर्न चेतावनी दिएको छ । सभापति शेरबहादुर देउवाले सर्वसत्तावादको थालनी भएको आरोप लगाएका छन् । पौडेललाई बुधबार साँझ नै रिहा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *