कोरोना अपडेट

विश्वभर काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १४ लाख ७५ हजार नाघ्याे

एजेन्सी । पछिल्लो २४ घन्टामा विश्वभर १० हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १० हजार २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख ९१ हजार ४२० जना नयाँ संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा १४ लाख ७५ हजार ६ सय २५ जनाको ज्यान गएको छ । विश्वमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड ३३ लाख ६० हजार २३४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ४ सय ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा नौ जना संक्रमितको ज्यान गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *