रिबन

रामचन्द्र पौडेल भन्छन्, प्रहरीको डण्डाबाट पेलिएका मेरा करङ हिजोभन्दा आज दुखाई बढी छ

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाबाट पेलान भएको आफ्नो करङ हिजोभन्दा आज झन् बढी दुःखेको बताएका छन् । हिजो दिउँसोभन्दा साँझ बढी दुःखेको र आज दुःखाईको मात्रा बढेको नेता पौडेलले जानकारी दिएका छन् ।

केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत दमौलीमा रहेका पौडेलले प्रहरी यातनाबारे मुख खोलेका हुन् । उनले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा प्रहरीको पेलानबाट छुटकारा मिल्न नसकेको गुनासोसमेत गरेका छन् । उनले प्रहरीको ज्यादती बढेको भन्दै असली लोकतन्त्रको साकार कहिले हुने हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखार्इ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ,’ पौडेलले लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *