मनोरञ्जन

अभिनेत्री श्वेता खड्का मंसिर २२ गते विवाह बन्धनमा बाँधिँदै

काठमाडौं । अभिनेत्री श्वेता खड्का वैवाहिक बन्धनमा बाँधिँदै छिन् । आगामी मंसिर २२ गते श्वेता र धनगढीका विजयेन्द्रसिंह राउतसँग विवाह गर्न लागेकी हुन् ।

केहीअघिसम्म बिहेको हल्लालाई निराधार गर्दै आएकी श्वेताले निम्तो कार्डसमेत नजिकका आफन्त र साथीभाइलाई बाँडेपछि बिहे हुने पक्का भएको हो । श्वेताको बिहे काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र श्वेता केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

गत कात्तिकमा दशैंका बेला श्वेताले आफूहरु प्रेममा रहेको खुलाएकी थिइन् । अहिले उनलाई बधाईको ओइरो लागेको छ ।

यसअघि श्वेता खड्काको बिहे अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । क्यान्सरका कारण श्रीकृष्णको निधनपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *