रिबन

पद खोसाखोस,सुर्यको लागि तछाडमछाड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमको विरोध सर्वत्र भइरहेको छ । संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर विवादमा आएको केही दिनपछि नै ओलीले संसद्को अबैधानिक रुपमा विघटन गरेर नेकपा भित्र मात्र होइन देशकै सम्पूर्ण राजनितिक व्यवस्थालाई नै गिजोलेका छन् । आइतबार संसद् विघटनलाई राष्ट्रपतिले अनुमोदन गरेदेखि नै ओलीदेखि रुष्ट बनेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले भिन्नाभिन्नै भेला गरिरहेका छन् । आइतबारै स्थायी कमिटि बैठकबाट ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय निर्वाचन आयोगलाई दिइएको छ ।
उता मंगलबार बसेको ओली समुहहरूकाे केन्द्रिय कमिटि बैठकले कुनै नेतालाई कारबाही भने गरेन तर केही महत्वपूर्ण निर्णय भने गरेका छन् । ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठको पद खोसेर नेता प्रदिप ज्ञवालीलाई दिएका छन् भने उता नेपाल दाहाल समुहले भने ओलीको अध्यक्ष पद नै खोसेर अर्का नेतालाई दिएका छन् ।
दुइ पाइलटले हाँकेको नेपाल कम्युनिष्ट पार्टि नेकपाको जेट विमान अहिले दुर्घटना ग्रस्त छ । एक पाइलट अध्यक्ष ओलीको पद खोसेर माधवकुमार नेपाललाई दिइएको छ । अबको नेकपाको नेतृत्व प्रचण्ड र नेपालले गर्ने छन् ।
पार्टि फुट्ने पक्काः
मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ । तर दुवै पक्षले पार्टी विभाजनको औपचारिक घोषणा भने गर्न सकेका छैनन् । दुवै पक्षको गतिविधिका कारण पार्टी स्पष्ट रूपमा विभाजन भएको छ । औपचारिक घोषणा नभएपनि दाहाल पक्षमा धेरै मत छ । केन्द्रिय कमिटि बैठकमा पनि ओलीको समुहमा भन्दा दाहाल नेपालको समुहको बैठकमा धेरै उपस्थिति थियो ।
ओली समुहमा केन्द्रिय सदस्य कम भएपछि उनले कमिटिलाई नै विस्तार गरेका छन् । ओली समूहको बैठकले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । १९७ जना सदस्य पछि थपिने व्यवस्था गरिएको छ । त्यस्तै ओली समूहको बैठकले पार्टीको महाधिवेशन २०७८ सालको मंसिर २ गतेदखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ ।

सुर्य चिन्हको लागि तछाड मछाड

औपचारिक घोषणा नगरेपनि लगभग पार्टि विभाजन पक्का भइसकेको नेकपामा आफ्नो आफ्नो समुहलाई आधिकारिक बनाउने चलखेल सुरु भइसकेको छ र दुबै अध्यक्षले आफ्नो भेलालाई आधिकारिक दाबी गरेका छन् । ओलीले त दाहाललाई उपाध्यक्ष सरहको भएको भन्दै आफू नै कार्यकारी अध्यक्ष भएकोे र आफ्नो भेला नै कानुनी भएको दाबी गरेका छन् । अर्को तर्फ अध्यक्ष ओलीलाई नैे अनुशासनको कारबाही गरिसकेको दाहाल नेपाल समुहले आफूलाई नै आधिकारिक नेकपा भएको दाबी छाडेको छैन । यी दुबै पक्षको दाबीकाृ पछाडी मुख्य कारण सुर्य चुना चिन्ह नै हो । अब पार्टि विभाजन नै भएपछि चुनाव चिन्हमा हत्याउन दुबै पक्ष क्रियाशिल छन् ।

हसियाँ हथौडा विलिन बनाएर बनेको सुर्यलाई प्रचण्डले छाड्ने छाँट छैन । त्यसमाथी पूर्व एमालेकै नेताहरुको सागथ पाएपछि सुर्यलाई आफू तिर तान्न प्रचण्ड जोडले लागि परेका छन् । उता संसद् विघटन गरेर आलोचित बनेका ओलीले सुरुदेखिकै चुनाव चिन्ह सुर्यलाई यसै छोडेर अर्को चुनाव चिन्ह लिएर चुनावमा गए पत्तासाफ हुने पक्का भएकोले पनि सुर्यमाथीको दाबीलाई छाड्ने छैनन् ।

अब निर्वाचन आयोगले कस्सलाई सुर्य चुनाव चिन्ह दिन्छ त्यो हेर्न बाँकी छ । दल त्यागसम्बन्धी ऐनमा पार्टीको नाम, छाप, विधान, झण्डा वा चिह्न सम्बन्धी विवाद भएमा त्यस्तो विवाद भएका सम्बन्धित दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नुपर्ने ऐनमा व्यवस्था छ ।
यसरी पेश गरेको आधार प्रमाणलाई हेरेर निर्वाचन आयोगले चुनाव चिन्हबारे निर्णय गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *