देश

काठमाडौंमा आज अहिलेसम्मकै न्यूनतम तापक्रम

काठमाडौं । काठमाडौं लगाएत देशभर केही दिनयता अत्याधिक चिसो बढेको छ । आज काठमाडौंको तापक्रम यो वर्षकै न्यून डिग्रीमा घटेको छ ।

चिसो बढेसँगै आज काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । यसअघि यस वर्ष काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।
आज अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

यस्तै अहिले देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । बिहान लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै जाने महाशाखाले जनाएको छ ।

आज राति भने सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *