कला/साहित्य

सिजो कविता


१,
मायाको बगैँचामा बसिहालौँ सँगसँगै
तिमीले चाहे मात्र भने जस्तै तारा झर्छ
नि:शब्द भइरहँदा तिमीलाई बुझिनँ ।

२,
उकालो चढेपछि थाक्न थाल्दा यात्रा रोके
बतास चिसिएर मनलाई साथदिंदा
फ़ुर्तिलो सगरमाथा उक्लिएको हुत्तिँदै ।

३,
प्रियसी हाँसिदिंदा मन पनि खुसी हुन्छ
कहिले काहीँ भेट्दा गफ गर्दै नजिकिँदै
सम्झाई बुझाउँदामा आँखातरी झस्किन्छ ।

४,
उकालो चढेपछि थाक्न थाल्दा यात्रा रोके
बतास चिसिएर मनलाई साथदिंदा
फ़ुर्तिलो सगरमाथा उक्लिएको हुत्तिँदै ।

५,
रहर सबैलाई सधैं हुन्छ रमाउने
चाहेर खुशीलाई आत्मसात गर्न गाह्रो
समस्या उर्लिन थाल्यो भारी थप्दै थुपार्दै ।

६,
मुसुक्क हाँसिदिदा मन हुन्छ चङ्गासरी
यसरी बितिदिए हुन्थ्यो मन चारैतिर
रहिछ पत्थर जस्तै तिम्रो मन उडेको ।

७,
बितेका पलपल नाचिदिन्छ आँखाभरि
बिर्सन खोजिदिँदा गाँठो पर्छ मन मुटु
सम्झना ताजा बनेर आँखाभित्रै टाँसिन्छ ।

८,
हिमाल पग्लिएर सफा सेतो हिम नदी
फेदीमा खस्दै पुग्नु कलकल चिसो पानी
थुनियो पानी बीचैमा हिमताल फुटेर ।

९,
सतायो रातपख किचकन्नी भूत बनी
सन्नाटा वरिपरि डरलाग्दो परिवेश
बिहानी आगमनले लामो सास फेरेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *