फिचर

काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा, तीन दिनसम्म यस्तो हुनेछ मौसम

काठमाडौं । केही दिनदेखि मुलुकभरको तापक्रममा आएको गिरावटसँगै वर्षा हुन थालेको छ । पश्चिमी वायुका कारण काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको छ ।

मौसमविद् समीर श्रेष्ठका अनुसार उच्च हिमाली भूभागमा हिउँ परेको छ भने काठमाडौंसहित देशैभरका बाँकी भूभागमा मौसम बदली भइरहेको छ । काठमाडौंसहित अन्य केही पहाडी भूभागमा पनि आज छिटफुट वर्षा हुने अनुमान विभागको छ । बुधबारसम्मै मौसमको अवस्था यस्तै रहन सक्ने उनले जानकारी दिए ।

शुक्रबारदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभवका कारण सोमबारदेखि देशका पश्चिमी क्षेत्रसहित धेरैजसो भू–भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो बदली र रहने र सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी क्षेत्र तथा लुम्बिनी, बागमती र प्रदेश १ का केहि क्षेत्रहरुम हल्का वर्षाको हुन सक्नेछ । रातिको समयमा पनि वर्षाको सम्भावना छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *