विचार

डा.अनुप बास्तोला भन्छन्, कोरोनाको दोस्रो छाल आए हामी डुब्ने निश्चित छ

हामी कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा छौं । तथापि, पूर्ण सुरक्षित भइसकेका छैनौं । अहिले नै हामीले सुरक्षाका सारा मापदण्ड तोड्न थालिसक्यौं । कोरोना भाइरसको नयाँ प्रजाति र सम्भावित दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रो यो लापरबाही निकै खतरनाक साबित हुन सक्छ ।

कोभिड १९ महामारीको शुरुवाति दिनजस्तै स्वास्थ्यकर्मी र उनका परिवार नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिममा रहनेछन् । कोभिड १९ को संक्रमण संख्या घट्दै जाँदा स्वास्थ्यकर्मीका लागि पीपीईको उपलब्धता कम हुनु र हेलचेक्र्याँइ बढ्नु घातक हुन सक्छ ।

चीनमा भाइरस देखिँदा नेपालमा आइपुग्दैन भन्ने मानसिकता हावी भएजस्तै अहिले कोरोनाको नयाँ प्रजातिलाई हलुका रूपमा लिनु मूर्खता हुन सक्छ । जबकि, कोरोनाको नयाँ प्रजाति छिमेकी भारतसहित ३७ देशमा घुमिसकेको छ । त्यसैले, अबका दिनमा अझ चुस्त निगरानी, पर्याप्त परीक्षण र आइसोलेसनमा जोड दिन आवश्यक छ ।

कोभिड १९ को पहिलो छालबाट तैरिनै लाग्दा, मापदण्ड नअपनाउने, रोकथामका उपायलाई बेवास्था गर्ने र जताततै खुला छाड्ने हो भने नयाँ प्रजातिसहितको दोस्रो छाल आएमा हामी डुब्ने निश्चित छ । किनकि, कोरोना भाइरसको नयाँ प्रजाति झनै संक्रामक देखिएको छ ।

संक्रमण ग्रस्त क्षेत्रबाट नेपाल भित्रिने ठाउँमा उच्च सतर्कता, हरेक व्यक्तिको पहिचान, अनिवार्य परीक्षण, क्वारेन्टाइनरआइसोलेसनबिना हामीले कोरोनाको सम्भावित दोस्रो छाललाई रोक्नै सक्दैनौं । सँगसँगै कोरोनाको नयाँ प्रजाति आउँछ कि भनेर रोकथाम गर्न र आइसक्यो कि भनी अनुसन्धान गर्न उत्तिकै जरुरी छ ।
– फेसबुकबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *