अर्थ

चन्द्रागिरी हिल्सको आइपिओ आजदेखि बिक्री खुला, कसरी भर्ने सेयर ?

काठमाडौं । चन्द्रागिरी हिल्सकोे आईपीओ आजदेखि विक्रीे खुला भएको छ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो ।

जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन गर्न सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *