कला/साहित्य

तन्का कविता


१,
साँघुरो मन
ढोका थुनेर बस्दा
गोरेटो बाटो
हुत्तेर बज्रिएछ
लठ्ठी उछिट्टेपछि ।
२,
हरियो केरा
बोराभित्र कोचेको
घिउको गन्ध
साँझले जिस्काउँदा
भरिएछ गिलास ।
३,
बाफिलो हात
आकाश बजारिँदा
आगोको झिल्काे
गनाउने पसिना
चिम्लिँदै पछारिदा ।
४,
माथी उठाएँ
पर्दा हल्लिँदै हाँस्दा
झ्यालै खुलेको
कालो औँसीको रात
आफूले आफ्नै समाएँ ।
५,
भित्रै दन्केको
कसैले मिल्काउँदा
सल्केको ठुटो
रामैसँग बगेको
गिजाउँदै हाँसेको ।
६,
झटारो हान्दा
छरिएको कालो गोल
बलेको दाउरा
सेतो खरानी देख्दा
कालो चिल्लो गाजल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *