राजनीति

ओलीले सर्वोच्च अदालतको निर्णय मानेनन् भने जनतामाझ जान्छौं : सभापति देउवा


काठमाडौं । नेपाली कांगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको निर्णय नेपाली कांग्रसलाई स्वीकार्य हुने बताएका छन । नेपाली कांग्रेस काठमाडौं ५ ख द्वारा बुढानिलकण्डमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले अदालतको निर्णय कांग्रेसलाई स्वीकार्य हुने बताएका हुन ।

अदालत स्वतन्त्र निकाय हो सभापति देउवाले भने अदालतमा विचाराधीन मुद्धाको बारेमा यो गर त्यो गर भन्न मिल्दैन । अदालते जे निर्णय दिन्छ त्यो कांग्रेसले मान्छ । अदालतले चुनाव गराउने निर्णय सुनाए कांग्रेस चुनाव लड्न तयार छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले चुनाव गर्ने निर्णय सुनाएर पनि चुनाव गराउने तत्परता देखाएनन भने नेपाली कांग्रेसले आन्दोलनका बलबाट सत्ताच्युत गरिदिने चुनौति दिएका छन । वर्तमान प्रधानमन्त्री ओलीले निर्वाचन नगराए उनी राष्ट्र विरोधी तत्वका रुपमा ठहरिने छन सभापति देउवाले भने ओलीलाई सम्पूर्ण जनताले नेपालमा बस्न नदिने अवस्थाको सिर्जना हुन्छ । सर्वोच्च अदालत भन्दा ठूलो अदालत जनता हो ।

सभापति देउवाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनवाका लागि तयार रहन पनि आह्वान गरेका छन । देउवाले ढिलोचाडो चुनाव हुने भन्दै चुनावका लागि तयार हरन आह्वान गरेका हुन । अदालतले संसद पुर्नस्था गरेपनि र संसद विघटनलाई मान्यता दिए पनि चुनवाबाटै सरकार बन्ने र बदलिने भन्दै देउवाले चुनावका लागि तयार रहन आह्वा गरे । चुनाव भए सबैले भाग लिने विश्वास व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *