अर्थ

खोला किनारको जग्गा हाउजिङको नाममा दर्ता गरेको आरोपमा नापी प्रमुखसहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरेको अभियोगमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ललितपुरको कर्मनासा खोला किनारको जग्गा हाउजिङको नाममा दर्ता गरेको आरोपमा नापी कार्यालय ललितपुरका प्रमुखसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो । कर्मनासा खोला आसपासको सार्वजनिक जग्गा हाउजिङका नाममा दर्ता गरेको आरोप उनीहरु विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नापी कार्यालय ललितपुरका प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालयका प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलविरुद्ध अख्तियारले भ्रष्टाचारमुद्दा लगाएको हो ।

त्यसैगरी युरो हाउजिङ प्राली, यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरु गुणीकाजी मानन्दर, योगेश्वर कृष्ण पराजुली, कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बविन मानन्धर र उज्जल मानन्धर उपर मुद्धा दायर गरेको छ ।

अख्तियारले काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य र डा.दुर्गामान जोशी, दुर्गेश नन्दिनी भट्टचनलाई पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ ।

अख्तियारले उनीहरुसँग दुई करोड दुई लाख रुपैयाँका दरले जरिवाना मागदाबी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *