लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा १ र २ गते सार्वजनिक बिदा

काठमाडौ । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।

माघे संक्रान्तिको पर्वको अवसरमा माघ १ र २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले बताएका छन् ।

संघीय सरकारले पनि माघे संक्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *