खेलकुद

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपालका कुनैपनि खेलाडी अनुबन्ध गरेनन् ।

पीएसएलको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, लेग स्पीनर सन्दीप लामिछानेसहित १० खेलाडी परेका थिए । तर, आइतबार साँझ सम्पन्न ड्राफ्टमा नेपालका कुनै पनि खेलाडी बिकेनन् ।

सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमा थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । ड्राफ्टमा प्लेटिनम, डाइमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरीमा खेलाडी थिए । जसमा अफगानिस्तान, इंग्ल्यान्ड र वेस्टइन्डिजका खेलाडी बढी अनुबन्ध भएका छन् ।

ड्राफ्टमा नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख पनि समावेश थिए । गत वर्षको पिएसएलमा पनि नेपालका कुनैपनि खेलाडी अनुबन्ध भएका थिएनन् । पिएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्चसम्म लाहोर र कराँचीमा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *