
कैलाली । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सो अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय बन्द रहने सूचनामा जनाइएको छ ।
जिल्लामा कैलारी गाउँपालिका थारू समुदायको बाहुल्यता रहेको क्षेत्रमध्येको एक हो ।