मनोरञ्जन

गायक प्रमोद खरेलको उजुरीमा विन्ध्यावासिनीकी सञ्चालिका पक्राउ

काठमाडौं । गायक प्रमोद खरेल र विन्ध्यावासिनी म्युजिक कम्पनीबीचको रोयल्टी विवाद पेचिलो बन्दै गएको छ । गायक खरेलसहित ५७ जना संगीतकर्मीले एक साताअघि सो म्युजिक कम्पनी र सञ्चालक सुवास रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिलिपि अधिकार उल्लंघन आरोपमा विन्ध्यावासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मीलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनीविरुद्ध गायक प्रमोद खरेलले उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् ।

‘प्रणय’ गीति एल्बम निकाल्दा भएका सम्झौता उल्लंघन गरेको र आफ्ना सिर्जना नियमअनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको गायक खरेलको आरोप छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *