खेलकुद

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौं–१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनका दुई छोरा र एक छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *