समाचार

प्रचण्ड र माधव नेपाल गण्डकीस्तरीय कार्यकर्ता भेलामा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पार्टीको गण्डकीस्तरीय कार्यकर्ता भेलामा सहभागी भएका छन् ।

पोखरामा नेकपा गण्डकी प्रदेशद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रममा अध्यक्षद्वय प्रचण्ड, र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले विशेष सम्बोधन गर्दैछन् ।

नेकपा विभाजन भएपछि दुवै समूहले अहिले प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गरिरहेका छन् । चार दिन भारतको मुम्बई पुगेर आएका प्रचण्ड पहिलोपल्ट प्रशिक्षण भेलामा सहभागी हुन पोखरा पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट