खेलकुद

मण्डेकाजी श्रेष्ठ पल्सर स्पोर्टस् अवार्ड पुरुष खेलाडी घोषित

काठमाडौँ।करातेका दोहोरो स्पर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष पुरुष खेलाडी घोषित भएका छन् ।

वर्ष पुरुष खेलाडी बनेका मण्डेकाजीले एक थान पल्सर मोटरसाइकल पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरे वर्ष प्रदान गर्ने स्पोर्टस् अवार्डमा यो वर्ष मण्डेकाजीले ४ खेलाडीलाई पछि पार्दै अवार्ड जितेका हुन् । मण्डेसँगै फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा पारेका थिए ।

मण्डेले गत वर्ष घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा (एकल, टिम काता) दोहोरो स्वर्ण जितेका थिए । २०७६ कौ वैशाखमा प्रदेश ५ को नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत पदक जितेका थिए ।

बगंलादेशमा भएको साफ च्याम्पियनसिपमा एकल कातामा कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए । मण्डेकाजी पुरुष वर्ष खेलाडीसँगै पिपल्स च्वाइस अवार्डको मनोनयनमा पनि परेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *