खेलकुद

‘उत्कृष्ट प्रशिक्षक’ बने तेक्वान्दोका श्रेष्ठ

काठमाडौँ। तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस् अवार्डमा श्रेष्ठले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन ।

मनोनयनमा परेका अन्य ४ प्रशिक्षकलाई पछि पार्दै उनी उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन ।

श्रेष्ठसँगै उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्की वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट