मुख्य समाचार

काँग्रेस चुनावदेखि डराउँदैन : पूर्वमन्त्री भण्डारी


दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला काँग्रेसका लागि स्वीकार्य हुने बताएका छन । तनहुँको म्याग्दे गाउँपालिका–३ कुलचौरमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्री भण्डारीले अदालतको फैसलालाई काँग्रेसले सम्मान गर्ने बताएका हुन ।    

अदालतले जे फैसला गर्छ, काँग्रेसले त्यो मान्ने बताउँदै भण्डारीले काँग्रेस चुनावदेखि नडराउने उल्लेख गरे। प्रधानमन्त्रीको संसद् विघटन गर्ने कार्यले लोकतन्त्र खतरामा परेको भण्डारीले आरोप लगाए । वर्तमान सरकारसँग नेपाली जनताको ठूलो आशा रहेको बताउँदै भण्डारीले सरकारले जनतालाई निराश बनाएको टिप्पणी गरे ।    

भण्डारीले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको बताए । पूर्वमन्त्री भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट