शिक्षा / स्वास्थ्य

कोरोनाविरुद्धको खोप खरिद गर्न सरकारद्वारा ‘खोप कोष’ को स्थापना

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका ‘खोप कोष’ को स्थापना गरेको छ । एक सार्वजनिक सूचना जारी गरेर कोषमा योगदानतार्थ निकाय, विदेशी, विभिन्न व्यावसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि सरकारले आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोष खडा गर्नका लागि स्वीकृति दिएको बताइएको छ । सहयोग गर्न चाहनेले कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सक्नेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषको आय व्यय सरकारले अबलम्बन गरेको लेखा प्रणालीबमोजिम राखिनुका साथै लेखा परीक्षण प्रचलित कानुनबमोजिम गरिने उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार हाल परीक्षण भएका कोरोनाविरुद्धको खोप प्रभावकारी भइरहेको अवस्थामा लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक सहयोग आह्वान गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *