
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने छ ।
आजको बैठकमा केही सरकारी नियुक्ति गरिने र केही राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्नसक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
पार्टी विभाजनपछि प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहमा रहेका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेका हुन् । तर, केही दिनअघि मात्रै परराष्ट्र मन्त्रालयले राजदूत फिर्ताबारे सरकारले कुनै गृहकार्य नगरेको प्रस्ट पारेको थियो । नेकपामा तिक्तता बढ्दै गएपछि प्रधानमन्त्री ओली एक्लै अघि बढ्ने तयारीमा छन् ।