प्रविधि

ट्रम्पलाई युट्युबमा पनि प्रतिबन्ध !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युट्युबले पनि प्रतिबन्ध लगाएको छ । युट्युबले राष्ट्रपति ट्रम्पले आफ्नो नीति विपरित भिडियो पोष्ट गरेको विवादित भिडियो पनि हटाइदिएको छ ।


साथै युट्युबले कम्तिमा सातदिनका लागि नयाँ भिडियो अपलोड गर्न पनि प्रतिबन्ध लगाएको छ ।

साथै यो समय बढ्न सक्ने पनि युट्युबका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

यस अघि ट्रम्पको ट्वीटर एकाउन्ट ट्वीटरले सस्पेन्ड गरेको थियो भने फेसबुक र इन्स्टाग्रामले पनि उनलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *