मुख्य समाचार

रुसले नेपाललाई दुई करोड ५० लाख डोज स्पुतनिक फाइभ भ्याक्सिन दिने

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि प्रक्रिया अघि बढाएको छ । विभिन्न देशले अनुदानमा पनि खोप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल आफैंले भारतसँग ६० लाख डोज खोप खरिदका लागि गृहकार्य सुरु गरेको छ ।


विश्व स्वास्थ्य संगठनले कोभ्याक्स परियोजनाअन्तर्गत नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने भ्याक्सिन दिने भएको छ । नेपाल सरकारले आज सूचना जारी गरी भ्याक्सिन दिन चाहने दाताका लागि आह्वान गरेको छ ।


यसैक्रममा रुसले विकास गरेको कोरोनाविरुद्धको स्पुतनिक फाइभ खोप दिन सक्ने बताएको छ । रुसले दुई करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।
विभिन्न मुलुकमा स्पुतनिक फाइभ खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *