शिक्षा / स्वास्थ्य

४४५ जना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा बुधबार थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । ४ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । त्यस्तै मंगलबार थप ४ सय १४ संक्रमित निको भएका छन् ।

काठमाडौं उपत्यकामा २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा १९, ललितपुरमा ३८ र काठमाडौंमा १८९ जना संक्रमित थपिएका छन् । आज ५ सय १४ जना संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा उल्लेख छ ।

हालसम्म नेपालमा २ लाख ५९ हजार ७७२ जना संक्रमित निको भएका छन् । कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ ।

हाल नेपालमा २ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिले देशभर ४ हजार ४ सय ३४ सक्रिय संक्रमित रहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *