प्रदेश नं. १

राष्ट्रिय भक्का दिवस सम्पन्न

सुरुङ्गा । पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले बुधबार ‘राष्ट्रिय भक्का दिवस’ मनाएका छन् । जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा झापाको बिर्तामोडमा राष्ट्रिय भक्का दिवस मनाइएको हो । कोचिला गाभुर फ्रन्टको आयोजनामा बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा चौथो राष्ट्रिय भक्का दिवस मनाइएको हो ।

फ्रन्टले कोच लोक सांस्कृतिकसहित हरेक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवस मनाउने गरेको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए । विसं २०७४ देखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भक्का दिवस’ घोषणा गरी कोच लोक सांस्कृतिक कार्यक्रमसहित झापाभर ‘राष्ट्रिय भक्का दिवस’ मनाउने गरिन्छ ।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भक्का खाने चलन पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिबीच लोकप्रिय बनेपछि भक्काको प्रवर्द्धन गर्न फ्रन्ट अग्रसर बनेको हो । दिवसमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासहित जिल्लाका विशिष्ट व्यक्तिको सहभागीता रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *