
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयमा आज बसेको बढुवा समितिले ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा परेकाहरुमा, कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेल छन् ।
मन्त्रालयको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्ने बताइएको छ ।
