रिबन

एनसेलबाट आयकर असुल नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट तत्काल आयकर असुल नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतको यो आदेशसँगै एनसेलले तिर्नुपर्ने ६० अर्ब रुपैयाँ प्रभावित हुनुपर्ने भएको छ ।

ठूला करदाता कार्यालयबाट निर्धारण भएको करमा चित्त नबुझेपछि एनसेल सर्वोच्च पुगेको थियो । एनसेलको तर्फबाट रमेश घिमिरेलगायत अदालत गएका थिए ।

उक्त मुद्दामा बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आयकर नउठाउन अन्तरिम आदेश दिएको हो । ठूला करदाता कार्यालयले एनसेलले करिब ६० अर्ब कर तिर्नुपर्ने निर्धारण गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *