अर्थ

स्पर्स लघुवित्तको सभाले पारित गर्‍यो २०.५३ प्रतिशत लाभांश

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आव २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति, आव २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तन पारित गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापुँजीको १९ दशमलव ५० प्रतिशत बोनस शेयरको र कर प्रयोजनका लागि १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश गरी कुल २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले स्पर्स लघुवित्तलाई ग्लेबल आइएमई लघुवित्तले प्राप्ति गर्ने प्रयोजनको लागि मूल्याङकनकर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मूल्याङकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्तको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई लघुवित्तको शून्य दशमलव ९० कित्ता शेयर दिने गरी शेयर स्वाप रेशियो अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *