राजनीति

२८ प्रतिशत सदस्य रहेका ओली भगौडा र जोकर हुन् : प्रचण्ड

काठमाडौं । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका पुष्पकमल दाहालले आफूहरुसँग ७२ प्रतिशत केन्द्रीय सदस्य रहेकाले ओलीले भगौडा भन्नु जोकर भने जस्तो हो भनेका छन् । उनले ओलीले तीन पटक पार्टी फूटाउन खोजेको बताउदै २८ प्रतिशत भन्दा कम सदस्य भएका ओली नै भगौडा रहेको बताए ।

‘पोहोर सालदेखि तीनपटक पार्टी फुटाउन खोज्नु भो हामीले जोगायौं । अहिले त घरमै आगो लगाइदिनुभयो, अस्तिको बैठकमा भारतले र साथीहरुले हटाउन खोजेको भन्नुहुन्थ्यो । भारतले हटाउन खोज्दैमा हटाउन हुँदैन भनेर हटाएका थिएनौं’, दाहालले भने । उनले प्रधानमन्त्रीले गलत दाबी गर्दा आफूहरु कारबाहीबाट पछि हटेकाले प्रधानमन्त्री आफैं अहिले नांगिएको बताए । उनले भारतले इसारा गरेर पार्टी विभाजन र संसद् विघटन गरेको जनताले देखिसके अब यसलाई के भन्नुहुन्छ प्रधानमन्त्रीजी भन्दै दाहलाले प्रश्न गरे ।

दाहालले प्रधानमन्त्रीले १०० जना केन्द्रीय सदस्य लिएर ११ सय भन्दै नौटंकी गरिरहेको बताए । ‘तपाई नौटंकी प्रदर्शन गर्दै हुनुहुन्छ, कहिलेकाहीं विक्षिप्त मानसिकताजस्तो लाग्छ, साथीहरु पोलिटिकल जोकरजस्तो लाग्छ । १०० जना बसेर ११ सय केन्द्रीय सदस्य बनायौं भन्ने ? यसलाई विक्षिप्त र बौलाहट किन नभन्ने’, दाहालले भने । उनले ७० प्रतिशत केन्द्रीय सदस्य भएको समूहलाई भगौडा भनेको भन्दै पार्टी बैठकबाट भागेर हिँड्ने भगौडा हुन्छ कि पार्टी बैठक राख्नेहरु भन्दै प्रश्नसमेत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *