समाचार

सार्क चेम्बर क्राफ्टमा नयाँ नेतृत्व

काठमाडौं । ‘सार्क चेम्बर क्राफ्ट भिलेज नेपाल’को आज सम्पन्न १५औँ साधारणसभाले शारदा रिजालका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिका सञ्चालक सदस्यमा निता रेग्मी, शोभा ज्ञवाली, ऋतु स्थापित, रीता भण्डारी, भवानी राणा, छाया शर्मा, प्रमिला रिजाल, चित्राबहादुर केसी, रनिव अमात्य र निरु रायमाझी चयन भएका छन् । सो संस्थाले दक्षिण एशियाली मुलुकका महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण, प्रवद्र्धन तथा आयातनिर्यात गर्नेछ ।

नेपालका महिला उद्यमीले उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, सौन्दर्य र हस्तकलाका सामान अन्य मुलुकमा पठाइने गरिएको छ । चार वर्षका लागि निर्वाचित अध्यक्ष रिजालले कोभिड–१९ का कारण प्रभावित बजार व्यवस्थालाई अनलाइन माध्यमबाट विस्तार गराउन आफूले पहल गर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *