राजनीति

संविधान र लोकतन्त्रको रक्षा गर्न ऐतिहासिक भूमिका खेल्छु: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधामन्त्री केपी शर्मा ओलीको कदमले संविधान र लोकतन्त्रमाथि खतरा पैदा भएको बताए । तत्कालिन माओवादीद्वारा मारिएका कांग्रेस नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन पर्वतको शंकर पोखरी पुगेका सभापति देउवाले संविधान र लोकतन्त्रको रक्षा गर्न ऐतिहासिक भूमिका खेल्ने बताएका हुन ।

नेपाली कांग्रेस स्वतन्त्र न्यायपालिकामा विश्वास गर्ने पार्टी भएकाले अदालतमा विचाराधीन मुद्दाका बारेमा केही नबोल्ने बताए । सर्वोच्च अदालतले विवेकपूर्ण निर्णय गर्ने सभापति देउवाले विश्वास व्यक्त गरे । अदातलतमा विचाराधीन मुद्दाका बारेमा सडक र जनताका बीचबाट बोल्ने कुरा होइन, सभापति देउवाले भने चित्त नबुझे वकिलमार्फत् बहस गराउने हो । संविधानको अन्तिम व्याख्या गर्ने थलो सर्वोच्च अदालत भएकाले सर्वोच्चले गरेको निर्णय नेपाली कांग्रेसलाई स्वीकार्य हुने सभापति देउवाले बताए ।

धैरै ठूलो समस्या प्रधानमन्त्री ओलीले निम्त्याएका कारण मुलुकलाई बचाउन नेपाली कांग्रेस पार्टीका सबै नेता तथा कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था आएको सभापति देउवाले बताए । त्यसका लागि आफू जिम्मेवार र नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पारे । नेपाली कांग्रेसभित्रको विवाद पुरोन हो भन्दै पार्टीका संस्थापक नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्राईलाई जस्तो पार्टी छोड्नु पर्ने आवस्था आउन दिन्न, सभापति देउवाले भने, ‘सबैलाई मिलाएर लान्छु ।’

घर–घरमा पुगेर जनताको दुख सुखमा साथ दिन सभापति देउवाले नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘जनताको घरमा दोहर्याई तेहर्याई जानुहोस्, तपाईँहरुलाई जनताले भोट हाल्छन् ।’ प्रतिनिधिसभा पुनःस्थापना भएपनि जनताको सेवा गर्दा खेर जाँदैन, चुनाव त ढिलो चाँडो भइहाल्छ नि !’

अहिले कम्युनिष्ट सरकारले जनतालाई धेरै दुख दिएको सभापति देउवाले बताए । जनताले तिरेको करबाट तलव खाएर पार्टीको काम नगर्न कर्मचरीलाई उनले आग्रह गरे । कर्मचारीले कुनै पार्टीको तवल खाएका होइन, सभापति देउवाले भने, ‘कर्मचारीले जनताको करबाट तलव खाएका हुन् उनीहरुले जनताको काम निष्पक्ष रुपमा गर्नुपर्छ ।’ जनताको पक्षमा काम नगर्ने कर्मचारीको कांग्रेसले लेखाजोखा राख्ने सभापति देउवाको भनाइ थियो ।

हरिदत्त तिवारीको लोकप्रियताबाट डराएर तत्कालिन माओवादीले उनको हत्या गरेको थियो । तिवारीले लोकतन्त्र र राष्ट्रका लागि दिनुभएको बलिदानीलाई कांग्रेसले खेर जान दिने छैन, सभापति देउवाले भने, ‘उहाँको परिवालाई सम्मानका साथ राजनीतिमा उचित स्थान दिइने छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *