समाचार

शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

काठमाडौैं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार ७५३ स्थानीय तहमा हुने विरोध कार्यक्रममा सहभागिता जनाउन अपिल गरेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै कांग्रेस देशभर विरोध प्रदर्शन गरिरहेको छ । यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्र र पुस २५ गते ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले भोलि हुने विरोध प्रदर्शनमा सहभागीता जनाउन अपील गरेका छन् । ‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैलाई आर्दिक अपील गर्दछु,’ देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र आलोकतान्त्रिक ठहर गर्दै संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस एकमतका साथ उभिएको उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *