कला/साहित्य

कटौत



१,
तेलको थोपा
सुकेको चाम्रो छाला
निभ्न थालेको घाम ।
२,
पग्लेको मूडो
धुँवा निस्किने आगो
चर्किँदै जाने छानो ।
३,
कालो कर्कलो
पातलो सेतो धर्सा
नीलो आकाश ताक्दा ।
४,
बिटुलो मन
पानीभित्र लुकेको
उभिँदा छर्लङ्ग नै।
५,
कपास निस्क्यो
तकिया मडारिँदा
सेतो तन्ना च्यातिँदा ।
६,
मुहार सुक्छ
कुलेसो पुरिदिएँ
लुकेको कालो छाया ।
७,
उम्लेको पानी
बाल्टिनमा खनाएँ
छिटा ख्स्दा फुस्कियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट