कला/साहित्य

सिजो कविता


१,
मनमा भुइँचालो थाम्न पनि त्यसै गाह्रो
आत्तिएँ दिनरात सम्झनामा सिथिलता
आपत्ति बिर्सनलाई दर्हो मुटु खोजेको ।
२,
सकिनौ माया दिन आफ्नो सम्झी नातागास्न
रिसले सिध्याउँछ आफैलाई नजान्दामा
पागल भएर हाँस्दै चिच्याएको जीवन ।
३,
मायाको बगैंचामा बसिहालौ सङ्गसङ्गै
तिमीले चाहेमात्र आकाशको तारा झर्छ
निशब्द भइरहदा तिमीलाई बुझिन ।
४,
तिमीले हेरिदिदा एकोहोरो भइहालें
सम्झना आएपछि दिन पनि लामो हुन्छ
अहिले सिनो बनाई छाडिगयौं मलाई ।
५,
रसिलो बोली तिम्रो मन लाग्यो कुरा गर्न
चञ्चल स्वभावमा दिलै खोलौँ खुशी भई
कसरी सोझै बताउँ माया लाग्न थालेको ।
६,
शङ्कालु सानो मन कुरा धेरै बाटो छेक्ने
सोचाई आफै जल्छ सल्किएर तातेपछि
पीडाले थिचिएपछि सम्हालिन नसक्ने ।
७,

गहिरो पोखरीमा डुब्नलाग्दा माया लाग्यो
मनले चाहे पछि सहयोग गरिहाले
बिर्सदै धोका दिएको कुरा पनि बिर्सेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट