
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘यो मायाको डोरो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
मेलिना राई र राजन तिमिल्सिनाको स्वर रहेको गीतमा तिमिल्सिनाले नै संगीत भरेका छन् । प्रज्योल रज शाक्यको निर्देशनमा तयार भएको भिडियोमा अन्जु सुनार र सन्दिप सुवेदी फिचर्ड छन् । अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ ।
फरक शैलीका गीत मार्फत डा. उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल भइसकेका छन् । उनका गीत सबै बर्ग, पेशा र समुदायमा आधारित छन् ।