
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् ।
भारतको तीनदिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री ज्ञवाली आज अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् । परराष्ट्रमन्त्री ज्ञवाली नेपाल भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका थिए ।
शुक्रबार बैठक सम्पन्न भएपछि मन्त्री ज्ञवालीले शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।