समाचार

भन्सार छली ल्याइएको मोबाइल बरामद

काठमाडौँ। भन्सार छली ल्याइएका विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले आज नागढुङ्गाबाट बरामद गरेको छ ।

भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारेको हो ।

बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट