बागमती प्रदेश

ओली नेतृत्वको कम्युनिष्ट सरकारले देश र जनतालाई धोका दियो : नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले स्थिरता, सुशासन र विकासको नारा दिएर चुनव जितेका कम्युनिष्टले जनतालाई देश र धोका दिएको बताएका छन । चाँगुनारायण नगर समिति भक्तपुरले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता लेखकले कम्युनिष्ट सरकारले देश र जनतालाई धोका दिएको बताएका हुन ।

नेता लेखकले सर्वोच्च अदालमा विचाधीन मुद्धाको बारेमा कांग्रेस नबोल्ने स्पष्ट पारे । नेपाली कांग्रेसलाई अदालतको निर्णय स्वीकार्य हुन्छ नेता लेखकले भने सर्वोच्च अदालतले संसद पुर्नस्थापना या विघटन जे गरेपनि कांग्रेसलाई मान्य हुन्छ ।
कम्युनिष्टहरुको नियत सफा नभएकाले लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलमा जानुपर्ने अवस्था आउन सक्ने औल्याउदै नेता लेखकले आन्दोलनका लागि तयार रहन पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

विरोध सभामा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्रीले कम्युनिष्ट सरकाले देशलाई निकास होइन बिनाशको भूमरीमा रुमलेको बताए । मुलुकका समग्र पक्षको विकासका लागि कांग्रेसकै नेतृत्व आवस्यक रहेको खत्रीले औल्याए ।

नगर सभापति शिबहरि केसीको सभापतित्व सम्पन्न भएको विरोधस सभामा पार्र्टी सभापति दुर्लभ थापा, महासमिति सदस्य जगनाथ कार्की, नगर प्रमुखका उम्मेद्वार राजाराम खड्का, उपमेयरका प्रत्यसी सरु बानियाँ, नेविसंघ, तरुण दल, महिला संघका नेताहरुले सरकाको कदम विरुद्ध आक्रोश पोखेका थिए ।

केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध काग्रेस आन्दोलित बनेको छ ।

कांग्रेसले माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

पुस ५ गते विघटनकै दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक मार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा , पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुका विरोध प्रदर्शन एवं सभा सफलतापूर्वक सम्पन्न गरेको कांग्रेसले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट