ताजा समाचार

बिहान हुस्सु र कुहिरो, दिउँसो बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहने

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका केही भुभागमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।
हाल काठमाडौंको आजको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको हो ।
अहिले विहान काठमाडौंमा बदली रहेको छ । दिउँसो आंशिक बदली रहने छ । बादल लाग्ने र घाम लागे क्रम चलिरहने मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

आज दिउँसा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामुमान शाखाले जनाएको छ ।
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट