
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बाक्लो भेटघाट गर्न थालेका छन् । प्रतिनिधिसभा विघटनपछि ओली धेरैपटक शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका छन् ।
आइतबार बिहान पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे केही खुलेको छैन । स्रोतका अनुसार प्रतिनिधिसभा विघटनका विषयमा प्रधानमन्त्रीले लेखेको पत्रमा राष्ट्रपति भण्डारीले संविधानको धारा उल्लेख गरेको तथ्य सार्वजनिक भएकाले यी विषयमा अब के गर्ने भन्नेबारे कुराकानी भएको थियो ।
प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा भए पनि सातामा तीन÷चारपटकसम्म ओलीको शीतल निवास जाने घटनाप्रति आलोचना हुन थालेको छ । पार्टी या सरकारमा केही संक्ट उत्पन्न हुनेवित्तिकै प्रधानमन्त्री दौडेर शीतल निवास पुग्ने गरेका छन् ।