
महोत्तरी । प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।
बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।
२०६३ साल माघ ५ गते सिराहाको लहानमा विद्यार्थी रमेश महतोको गोली प्रहारबाट ज्यान गएपछि मधेश आन्दोलन चर्किएको थियो । यही दिनको स्मरणमा प्रदेश २ ले प्रत्येक वर्ष मधेश आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ ।